प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न आरोप लगाउँदै अति अश्लील गाली गरेको एउटा फेसबुक भिडियो सार्वजनिक गर्ने काठमाडौं घर भएका र्यापर साकार अधिकारी हुन् ।
केही दिनदेखि साकारको यस्ता फरक र मानसिक अवस्था कमजोर भिडियो आउनुका पछाडी उनलाई डिप्रेशन भएको र लागुऔषध प्रयोग गरेको प्रभाव रहेको बताइएको छ । साकार अधिकारीलाई लिटिल बुद्ध भनेर पनि चिनिन्छ ।
उनले नेपालका डन भनेर चिनिने दिपक गुरूङ (मनाङे)लाई समेत गाली गरेको भिडियो सार्वजनिक भएको थियो ।
विभिन्न सामाजिक अभियन्ता र समूहमा सक्रिय रहेका साकारको मानसिक अवस्था विग्रनुमा प्रेमिकाको धोका रहेको बताइन्छ । प्रेमिकाको डिपेन्डेन्ट भई उनको खातामा रकम जम्मा गरी अष्ट्रेलिया पुगेका साकारको सवै रकम लिएर प्रेमिका फरार भएपछि मानसिक सन्तुलन गुम्न पुगेको उनलाई चिन्नेहरूले बताएका छन् । तर कतिपयले उनको नशाजन्य पदार्थ प्रयोग गर्ने बानी पनि यसको कारण रहेको बताएका छन् ।
मेन्स रुम रिलोडेडको अष्ट्रेलिया ग्रुपले उनलाई सघाउन थालिसकेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । बेलामौका साकारले झगडा गर्ने, सामाजिक सञ्जालमा जे पायो त्यहि पोष्ट गर्ने गर्दै आएका थिए । मानसिक अवस्था कमजोर भएका कारणले उनले त्यसो गरेको बताइएको छ । तर, ५ दिन अघिमात्र उनले आफ्ना केही गल्ती स्वीकार गरी केही समयमा तथास्तु भन्ने एल्मब सार्वजनिक गर्ने जनाएका थिए ।
अष्ट्रेलियामा विपुल क्षेत्रको लाइभ कार्यक्रममा सहभागीता जनाएका साकारले माफी माग्दै ५ दिन अघिमात्र यस्तो भिडियो सार्वजनिक गरेका थिए । उनी आफ्नो नयाँ एल्बमको तयारीका लागि मेलबर्नसम्म पनि पुगेका थिए । सोही बेला उनको यस्तो भिडियो बाहिर आएको थियो ।
भिडियो हेर्नुहोस ।
0 comments:
Post a Comment