कतारमा आप्रवासी कामदारको न्यूनतम तलब तोक्ने बाचा, श्रम कानुनमा सुधार

कतार । अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकको एक दिन अघि कतार सरकारले श्रम कानुनमा सुधारको घोषणा गरेको छ ।

अब उसले मजदुरहरुको न्यूनतम पारीश्रमिक निर्धारण गर्नेछ । अन्तर्राष्ट्रिय समुदायले आप्रवासी मजदुरहरुको स्थितिलाई लिएर कतार सरकारको आलोचना गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर संगठनले पनि आप्रवासी मदजुरहरुमाथिको शोषण बन्द गर्नर् चेतावनी दिइसकेको थियो । कतार सरकारले डिसेम्बर २०१६ मा कफाला सिस्टम अन्त्य गरेको थियो, जस अनुसार कामदारले जागिर वा देश छाड्नु अघि कम्पनीलाई जानकारी दिनु पर्थ्यो ।

अब कतारले श्रम कानुनमा सुधार ल्याउने बताएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका अनुसार कतार सरकारले आफ्नो श्रम कानुनमा परिर्वतन गरेको छ । अब सबै कामदारको न्यूनतम तलब तोकिनेछ । कम्पनीहरुले कतार छाड्न रोक लगाउन सक्दैनन् भने कामदारहरुको पहिचान पत्र कम्पनीले नभई सरकारले जारी गर्नेछ ।
Share on Google Plus
>

0 comments:

Post a Comment